थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७४ पुगेको छ।

आज ४ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८ सय ६ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर २ हजार ९ सय ५८ पीसीआर तथा ३ हजार ३ सय ४२ एन्टिजेन परीक्षण भएको छ।

Back to top button