चीनमा भेटियो नयाँ हेनिपाभाइरस, ३५ जना संक्रमित

काठमाडौं । चीनमा नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ। भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमण भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

पूर्वी–चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनामा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ।

यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन्। यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ।

संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन्। हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन। यो संक्रमणबाट अहिलेसम्म चीनमा ३५ जना संक्रमित भएको जनाइएको छ।

यस्तै, अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड–१९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो।

Back to top button