स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको सरुवा, प्रवक्ताको जिम्मेवारी सञ्जय ठाकुरलाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ। समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा. संजय ठाकुरलाई दिइएको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिनुभयो ।

उहाँ यसअघि राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो। डा. ठाकुर अब मन्त्रालयको प्रवक्ता रहनुहुनेछ ।

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा फाजिलमा रहनुभएकी डा. रिता भण्डारी जोशीलाई पठाइएको छ। नारायण ढकाललाई प्रदेश १ को क्षेत्रीय स्वास्थ्य निर्देशकका रुपमा पठाइएको छ। यसअघि उहाँ औषधि व्यवस्था विभागको महानिर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै, डा. विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौंडा पठाइएको छ। केन्द्रका प्रमुख डा. केशवराज पण्डितलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ।

यस्तै, कान्ति बाल अस्पतालमा कार्यरत उपसचिव भवनाथ खतिवडालाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ। खतिवडाको स्थानमा सूर्यप्रसाद गौतमलाई ल्याइएको छ।

Back to top button