थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७७ पुगेको छ।

आज ४ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८ सय ८५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ३ हजार ६ सय १४ पीसीआर तथा ३ हजार ९१ एन्टिजेन परीक्षण भएको छ।

Back to top button