सुनको मूल्य ५ सयले घट्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला ५ सयले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ५ सयले घटेर सुन प्रतितोलाको ९६ हजार ६ सय रुपैयाँमा कायम गरिएको छ। आज प्रतितोला सुन ९७ हजार १ सयमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सयमा कारोबार भइरहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय तोकिएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो कारोबार मूल्यको तुलनामा आज प्रतितोला ५ रुपैयाँले घटेर तोलाको एक हजार २ सय २५ तोकिएको छ ।

Back to top button