दक्षिण कोरियामा दैनिक कोरोना संक्रमित हुनेको संख्या एकलाख भन्दा बढी

दक्षिण कोरियामा अझै दैनिक कोरोना संक्रमित हुनेहरुको संख्या एक लाखभन्दा बढी रहेको छ। लामो समयदेखि दक्षिण कोरियामा दैनिक संक्रमितहरुको संख्या एक लाखभन्दा बढी देखिदै आएको छ।

पछिल्लो २४ घण्टामा पनि थप एक लाख ३७ हजार २ सय ४१ जना नयाँ संक्रमित भएका छन्। स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरुको संख्या दुई करोड ९८ लाख ३ हजार १ सय ६९ पुगेको छ।

त्यसैगरी अघिल्लो हप्ता औसतमा १ लाख १७ हजार पाँच सय ९१ जना नयाँ संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले संक्रमित अवस्थामै रहेका मध्ये ४ सय १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

पछिल्लो एक दिनमा कोरोनाका कारण ५९ जनाको मृत्यु भएको छ। योसँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ हजार ४ सय ४१ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्।

Back to top button