एक्लाएक्लै चुनाव लडे एमालेले दुई तिहाइ बहुमत ल्याउँछः नेता अधिकारी

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने बताउनुभएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा अधिकारीले एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि नजित्ने उहाँले दावी गर्नुभयो।

उहाँले भन्नुभयो,‘एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि जित्दैन् । अब कांग्रेस एक्लै लड्न नसक्ने भयो । कांग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाईभन्दा बढि सिटमा जित्छौं । यदि हामीले दुई तिहाईभन्दा बढि सिट जितेनौं भने म राजनीति छोडिदिन्छु ।’

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो,‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’

Back to top button