बाँकेमा आजमात्र २१ जनामा कोरोना संक्रमण

नेपालगञ्ज । बाँकेमा आजमात्र २१ जनालाई कोरोना भाइरसको सक्रमण देखिएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा २३ जनाको जाँच गर्दा १६ जनालाई कोरोना देखिएको छ। १६ जनामध्ये ११ जना बाँके जिल्लाका रहेका छन्।

कोहलपुर मेडिकल कलेजमा ४ जना र राप्तीसोनारीमा १ जनालाई कोरोना देखिएको छ।

आज बाँकेमा कोरोना देखिएकामध्ये १६ जना बाँके र ५ जना बाहिरी जिल्लाका रहेका छन्। जिल्लामा हाल ८३ जना सक्रिय संक्रमित रहेका छन्। सबै जना होम आइसोलेसनमा छन्। आज ६ जना निको भएका छन्।

Back to top button