कोरोनाको उपचारका लागि भर्ना भएका कैदि कोशी कोभिड अस्पतालबाट फरार

विराटनगर । विराटनगर स्थित कोशी कोभिड–अस्पतालमा उपचारारत एक कैदी फरार भएका छन् । गएराती विराटनगर– १८ का ४५ वर्षीय लक्ष्मण दास अस्पताल बाट नै भागेको अस्पतालले जनाएको छ ।

बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भोगेका दास शौचालय जाने बहानामा राति सवा १० बजेतिर अस्पतालबाट फरार भएको कोशी कोभिड अस्पतालका सुचना अधिकृत अनुपम राजवंशीले जानकारी दिनुभएको छ ।

दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो । फैसलापछि फरार दासलाई प्रहरीले साउन २० गते पक्राउ गरेको थियो ।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते अस्पताल भर्ना गरिएको थियो । गएराती शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि फरार भएको र खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।

Back to top button