डुबेर दुई बालबालिकाको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ।

शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभएको छ ।

हिजो बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । खोज्दै जाँदा कन्काई सिँचाइ नहरको डिलमा कपडा र चप्पल फेला परेको थियो।

इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गएराति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जनाको शव डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Back to top button