मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेको र उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्यारीढापबाट भण्डारातर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्री फुलमायालाई ठक्कर दिएको थियो।

दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ।

Back to top button