समुन्नत राष्ट्र निर्माणमा युवाको भूमिका अग्रणीः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाको भूमिका अग्रणी हुने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश विकासको अभियानमा जुट्न युवालाई आग्रह गर्नुभएको हो ।

युवा वर्गमा जीवन उपयोगी सिकाइ आवश्यक रहेको बताउनुभएका प्रधानमन्त्री देउवाले देश विकासको अभियानमा युवाको भूमिका महत्वपूर्ण हुने र युवाको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै उहाँले अन्तरपुस्तागत सहकार्य आवश्यक रहेको भन्दै समतामुलक शान्तिपूर्ण समाज निर्माण आवश्यक रहेको बताउनुभयो ।

Back to top button