मधेस प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य

काठमाडौं । मधेस प्रदेशसभाको चालू नवौं अधिवेशन गएरातिदेखि अन्त्य भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधान धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सरकारको सिफारिमा प्रदेश प्रमुख मिश्रले गएराति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो।

यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेशसभाको नवौं अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताउनुभयो।

Back to top button