थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । एकैदिन थप ७ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ४ हजार ७ सय १२ नमूना परीक्षण गर्दा ७ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार २ सय ९० र एन्टिजेनबाट २ हजार ४ सय २२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४ सय १९ र एन्टिजेनबाट ३ सय ६२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ५ सय ११ जना कोरोनामुक्त भएका छन्।

हाल कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ पुगेको छ।

Back to top button