५० जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप दिइने

काठमाडौं । दोस्रो चरणअन्तर्गत ५० जिल्लाका बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप दिइने भएको छ। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार ५ वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो।

आउँदो भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ।

प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुंग, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा खोप दिइने छ।

यसैगरी गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुममा सोही अवधिमा खोप लगाइने छ।

यस्तै, कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट रहेका छन्। सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइनेछ।

Back to top button