दुई महिनामै सोनिया गान्धीलाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि

भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई फेरि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उहाँलाई योसमेत दोस्रोपटक संक्रमण भएको हो । यसअघि गत जुन २ मा उहाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो।

उहाँमा संक्रमण रहेको आज पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन्। उहाँलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ। नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रणसम्बन्धी नियम अनुसार ‘होम कारेन्टाइन’ बस्नुभएको कांग्रेस नेता जयराम रमेशले जानकारी दिनुभयो।

उहाँलाई परिवार भित्रैबाट संक्रमण सरेको अनुमान गरिएको छ। उहाँको छोरी तथा पार्टीकी महासचिव प्रियंका गान्धी भद्रालाई संक्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो। सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी हुनुहुन्छ। उहाँ सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन्।

यस्तै, भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ।

Back to top button