आज केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं । आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी वर्षाका कारण बाढी–पहिरो तथा अन्य प्रकोपको जोखिम रहेकोले सतर्क रहन समेत महाशाखाले आग्रह गरेको छ।

यस्तै, राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

भोलि बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आंकलन गरिएको छ। मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

Back to top button