बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन सुन प्रतितोला रु ९७ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु ५ सयले बढेर रु ९७ हजार ८ सयमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८ सय थियो।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर रु १ हजार २ सय ५० पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

Back to top button