गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । काठमाडौं गणपुरक संख्या नपुगेका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गर्ने क्रममा नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या माग गर्नुभएको थियो।

तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६९ जना हुनुपर्नेमा ६७ जना मात्रै सांसद उपस्थित भएको पाइएपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

यसअघि आज नै सुवालले बीमा विधेयकको प्रतिवेदन छलफलका लागि पेश गर्ने क्रममा पनि गणपुरक संख्या माग गर्नुभएको थियो।

Back to top button