भारतमा एक दिनमा थप १४ हजार ९२ जनामा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमित भएको छ । सरकारी अधिकारीले आज दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९२ नयाँ संक्रमित भएका हुन् ।

यससँगै भारतमा कुल संक्रमतिको सङ्ख्या ४ करोड ४२ लाख ५३ हजार ४ सय ६४ जना पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको छ ।

भारतमा दैनिक संक्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको सङ्ख्या एक लाख १६ हजार ८ सय ६१ रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म ५ लाख २७ हजार ९ सय ३७ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा एक दिनमा १६ हजार ४ सय ५४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल ४ करोड ३६ लाख ९ हजार ५ सय ६६ जना कोरोनामुक्त भएका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ७ करोड ९९ लाख ६३ हजार ५ सय ५५ मात्रा खोप लगाइएको छ ।

Back to top button