माओवादीको आज स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य,आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

यस्तै, डा.भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति जनाउनुभएको छ । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ । आज साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको नेसपाका एक नेताले बताए ।

Back to top button