नेपालका पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास हुनुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालका पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउनुभएको छ ।

आज पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘विकासको कारणले जुन ढंगबाट ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको कुरा आइरहेका छन्। विकासका मोडेलमा पनि नयाँ ढंगबाट सोच्नुपर्छ।’ उहाँले भन्नुभयो,‘स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकास गर्न जरुरी छ।’

मन्त्री श्रेष्ठले नेपालालाई वर्षभर नै पर्यटकहरू आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताउनुभयो। उहाँले वर्षभर नै नेपाल पर्यटकहरूका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने समेत बताउनुभएको छ ।

स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरी विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाउनुभयो।

 

Back to top button