सबै संस्कृतिलाई संरक्षण गर्नुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै जाती, भाषा, संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभाको उद्घाटन गर्दै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन प्रज्ञा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले नेपाली साहित्य कला देशका गहना भएकाले तिनको संरक्षण गर्ने दायित्व सबैको भएको बताउनुभयो। उहाँले प्रज्ञा प्रतिष्ठानले देश विदेशमा रहेका नेपाली साहित्यकारलाई एकै ठाउँमा समेट्नुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, ‘नेपाली जहाँ जहाँ पुगेका छन्, भाषा र साहित्य पनि त्यहाँ पुगेको छ। प्रज्ञा प्रतिष्ठानले देश विदेशमा रहेका नेपाली साहित्यकारलाई एकै ठाउँमा समेट्नुपर्छ।’

Back to top button