युवा संघद्धारा फोहोर संकलन अभियान सुरु

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौंको बानेश्वर आसपासको फोहोर संकलन गर्दै सांकेतिक रूपमा विरोध जनाएको छ।

लामो समयदेखि काठमाडौंका सडकमा फाहोरमैला जम्मा भएर आम नागरिकलाई त्रासित बनाउँदा पनि फोहोर नउठाइएको भन्दै संघले सांकेतिक विरोध जनाएको हो।

आज बानेश्वरको फोहोर संकलन गरेर यसको सुरुवात गरेको भन्दै आगामी दिनमा अझै प्रभावकारी अभियान चलाउने विरोध प्रदर्शनमा सहभागीहरूले बताएका छन्।

आफूहरूले फोहोर संकलन गरेर कुहिने र नकुहिन छुट्याएर आफैँ व्यवस्थापन गर्ने उनीहरूको भनाइ छ।

यस्तै फोहोरले विभिन्न किसिमका रोगहरू निम्ल्याउँदा समेत पनि सरकार र सम्बन्धित पक्षले बेवास्ता गरेका कारण आफूहरूले यो कदम चाल्नु परेको प्रदर्शनमा सहभागी एक विद्यार्थी नेताको भनाइ छ।

Back to top button