ललितपुरमा बस दुर्घटना हुँदा ८ जना घाइते

ललितपुर । ललितपुरको बागडोलमा यात्रुबाहक सार्वजनिक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

आज दिउँसो ललितपुर महानगरपालिका–४, बागडोलमा बस पल्टिएको ललितपुर प्रहरीले जानकारी दिएको छ। एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको मध्य उपत्यका बस पल्टिएको हो ।

काठमाडौं किर्तिपुर नगरपालिका–८ की ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरी धरान उपमहानगरपालिका–२० घर भई हाल काठमाण्डौं कीर्तिपुर बस्ने ३३ वर्षीया सन्ध्या राई र दोलखा घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने ३० वर्षीया सबिना खड्का घाइते हुनुभभएको छ ।

यस्तै, ललितपुर महानगरपालिका–१४ नखिपोटका ३० वर्षीय उदेश्य वाग्ले, सिन्धुपाल्चोक घर भई हाल ललितपुर महानगरपालिका–४ धोविघाट बस्ने ५९ वर्षीय जितबहादुर पोखरेल, रामेछाप घर भई हाल भक्तपुर सूर्य बिनायक बस्ने ४५ वर्षीय खड्गबहादुर थापा र कलंकीका ६७ वर्षीय खिलबहादुर भण्डारी घाइते हुनुभएको छ ।

यस्तै, घाइतेहरुलाई उपचारका निम्ति स्टार अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Back to top button