बुटवलको एक होटलमा महिला र पुरूष मृत फेला

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर हुने अन्दाजी ३५,३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर हुने अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला पर्नुभएको हो ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उहाँहरु आइतबार राति सँगै बस्नुभएको थियो । हिजो बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला पर्नुभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उहाँका श्रीमान विदेशतिर रहेको र एक–डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो ।

यस्तै, दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।

Back to top button