थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ४९ जनाको परीक्षणमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४३ जना र २ हजार १ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय १७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ७७ जना संस्थागत आइसोलेसन र ५२ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५ सय ७४ पुगेको छ ।

Back to top button