आज मोतिराम भट्टको जन्म जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी अर्थात कुशे औँसीका दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गर्नुभएको छ ।

३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी कुशे औँसीकै दिन निधन उहाँको निधन भएको थियो । भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिनुभएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याउनुभएको थियो ।

Back to top button