सत्यनारायण माविले मनायो अन्तर्राष्ट्रिय साक्षरता दिवस

विराटनगर । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवस २०७९ विराटनगर–७ स्थित सत्यनारायण माविले आज विविध कार्यक्रम गरि मनाएको छ ।

दिवसको अवसरमा विभान विभिन्न प्ले कार्डसहित विद्यार्थीहरुले प्रभातफेरी निकालेका छन् । सत्यनारायण माविबाट निस्केको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः विद्यालयमा आएर सम्पन्न भएको थियो । साक्षरता र बालदिवस सम्बन्धि चेतनामूलक प्ले कार्ड सहितको प्रभातफेरीमा विद्यार्थी, शिक्षक, कर्मचारीलगायत करिब ८ सय जनाको सहभागीता थियो ।

यस्तै दिवसको अवसर पारेर विद्यालयमा दिउँसो ‘भौतिक उन्नती भन्दा, आध्यात्मिक उन्नती वेश’ शिर्षकमा बादविवाद प्रतियोगीता आयोजन गरिएको छ ।

बादविवाद कार्यक्रमसँगै विद्यालयमा गत भदौं १० गते सम्पन्न भएका हिसाब दौड, चेस, टेबल टेनिस, स्मरण खेल, कविता तथा वक्तृत्वकला प्रतियोगिताका विजेता तथा २०७८ सालको वार्षिक परिक्षामा प्रथम, द्धित्तिय, तृतिय हुने विद्यार्थी र विद्यालय प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयका शिक्षक पुरुषोत्तम गुरागाईं, प्रधानाध्यापक धर्मानन्द खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो ।

Back to top button