नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यकः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उहाँले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले युगौंदेखिका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाली सिर्जनाहरू विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्ने भन्दै उहाँले अनुवाद मार्फत विश्वसामु पुर्‍याएर प्रमाणित गर्नु आजको आवश्यक्ता रहेको औल्याउनुभयो ।

साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको साधकहरूलाई सम्मान गर्न पाउँदा आज गौरव अनुभूती भइरहेको भन्दै राष्ट्रपति भण्डारीले कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो ।

Back to top button