फिल्म ‘छक्कापञ्जा–४’ फागुन १९ गतेबाट प्रदर्शन हुने

काठमाडौं । नेपाली फिल्म ‘छक्कापञ्जा–४’ आगामी फागुन १९ गतेबाट प्रदर्शन हुने भएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत आज बिहान एक पोस्ट गर्दै रिलिज मिति घोषणा गर्नुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ,’छक्का पन्जा–४ रिलिज डेट फाल्गुण १९ गते शुभदिन’

हेमराज बिसि निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, माग्ने बुढा, राज आचार्यलगायत कलाकार छन् ।

यसअघि बनेको छक्कापञ्जाको सिक्वेल दशैंको छेको पारेर रिलिज हुने गरेको थियो । निर्माण पक्षले उक्त चलचित्र असोजमा ल्याउने तयारी गरेको थियो । तर यसपटक भने फिल्म बनाउने विषयमा अन्यौल हुँदा गत साउनदेखि छायांकन सुरु गरेको थियो ।

Back to top button