महिला साफः भूटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश

काठमाडौं । कप्तान सविना खातुनको ह्याट्रिक प्रेरित भूटानलाई ८–० गोलले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गरेको छ ।

बंगलादेशले नेपाल र भारतबीच हुने सेमिफाइनलका विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आज नै हुने अर्को सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साढे ५ बजे सुरु हुनेछ।

बंगलादेश यसअघि एकपटकमात्र फाइनल पुगेको थियो । सन् २०१६ मा आयोजित संस्करणमा बंगलादेशले उपाधि भिडन्तमा भारतसँग ३–१ गोलको हार व्यहोरेको थियो ।

यस्तै, हालसम्मका पाँचै संस्करण जितेको भारतलाई यसपटक समूहगत चरणमा ३–० गोलले हराउँदै बंगलादेशले समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

Back to top button