नायक प्रदिप खड्काद्धारा भुवन केसीको राजिनामा माग

काठमाडौं । चलचित्र प्रेमगीत–३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गर्नुभएको छ ।

कात्तिक १ गतेदेखि लागू हुने गरी राति ११ बजेदेखि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा माग्नुभएको हो ।

विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको खड्काको आरोप छ ।

Back to top button