साफ महिला च्याम्पियनसीपमा नेपाल विरुद्ध बंगलादेशको २ गोलको अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २–० ले पछि परेको छ ।

दशरथ रंगशालामा जारी खेलको १४ औं मिनेटमा पहिलो गोल गरेको बंगलादेशले ४२ ‌औं मिनेटमा दोश्रो गोल गरेको हो । मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाउनुभएको हो ।

यस्तै ४२ ‌‌औं मिनेटमा कृष्णरानी सरकारले अर्को गोल गर्नुभएको छ । नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।

Back to top button