सेयर बजारमा आज ३८ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा आज ३८ अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३८ दशमलव ८१ अंकले घटेर १८३७ दशमलव ६० विन्दुमा झरेको छ।

सेन्सेटिभ इन्डेक्स ७ दशमलव ०० अंकले घटेर ३५८ दशमलव ८७ विन्दुमा बन्द भएको छ।

आज बजार ओरालो लाग्दा कारोबारमा आएका १३ वटै समूहका सूचक राताम्मे देखिएका छन्।

यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक ३ दशमलव ८३ प्रतिशतले घटेको छ। हाइड्रो पावर, इन्भेस्टमेन्ट डेभलपमेन्ट बैंक समूहको क्रमश ३ दशमलव ३७ , ३ दशमलव १९ र ३ दशमलव २ प्रतिशतले ओरालो लाग्यो।

यस्तै ट्रेडिङ, मनु एन्ड प्रो, माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढिले घट्यो।

यसदिन कालिका पावर कम्पनीको सूचक १० प्रतिशतले ओरालो लाग्यो। यस्तै बरुण हाइड्रोपावरको ८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८ सय २९ रुपैयाँमा सेयर खरिदबिक्री भयो।

Back to top button