राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रधानमन्त्रीले कानुनविद्हरुसँग सुझाव लिँदै

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्‌हरुसँग परामर्श गर्न लाग्नुभएको छ ।

त्यसका लागि उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविद्हरूलाई बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार १५–२० जना कानुनविद्हरुसँग छलफल गरि प्रधानमन्त्री देउवाले सुझाव लिन लाग्नुभएको हो ।

यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।

Back to top button