अभिनेता बुद्धि तामाङ लगनगाठो कस्दै

काठमाडौं । नेपाली चलचित्र उध्योगमा ‘हैट’ थेगोबाट चर्चा कमाउनुभएका अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने हुनुभएको छ । उहाँले अनु थिङसँग विवाह गर्न लाग्नुभएको हो ।

मकवानपुरकी अनु र बुद्धको विवाह भोलि भक्तपुरको एक पार्टी प्यालेसमा हुन लागेको हो।

बुद्धिले मागी विवाह गर्न लाग्नुभएको उहाँ निकट एक कलाकारले बताएका छन्। रंगमञ्चबाट उदाउनुभएका उहाँले अहिले नेपाली फिल्म क्षेत्रमा रोजाइको कलाकारको रुपमा परिचय बनाउनुभएको छ ।

Back to top button