राष्ट्रपतिबाट जानी जानी संविधान मिच्ने काम भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले जानीजानी संविधान मिच्ने काम गरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उलङ्घन गरेको बताउनुभयो ।

प्रचण्डले नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सबै किसान एकजुट भएर अभियान नै सञ्चालन गर्न आग्रह गर्नुभयो ।

संविधानको रक्षकबाट नै सं‌विधान मिच्ने काम भएको भन्दै उहाँले यो सामान्य नभएको बताउनुभयो । उहाँले परिवर्तन विरोधी शक्तिहरु माओवादी आन्दोलन असफल पार्न लागिपरिरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,‘अहिले पनि केहि मानिसहरु धुप बालेर बसेका छन्, प्रचण्ड सिद्धियोस् भनेर ।’ उहाँले देशमा अस्थिरताको कारण प्रचण्ड हो भनेर समेत प्रचार गरिएको बताउनुभयो ।

Back to top button