जनकपुरको रेलमा ओली

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुरको जयनगर रेल चढ्नुभएको छ ।

आज पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आउनुभएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया सम्म पुग्नुभएको हो ।

उहाँलाई पर्खिँदा रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुर जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढ्नुभएको हो । रेल चढ्न उहाँले टिकट नै किन्नुभएको थियो ।

काठमाडौंबाट जनकपुर आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको हो ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई अध्यक्ष ओलीले आफ्नो पार्टीमा स्वागत गर्नुभएको हो ।

Back to top button