समाजवादको लागि नयाँ जनयुद्ध आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताउनुभएको छ ।

राजधानीमा आयोजित कार्यक्रमा बोल्दै उहाँले अब पुरानो खालको जनयुद्ध सम्भव नभएको र समाजवादको निर्माणका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक छ । पुरानो जनयुद्ध त सम्भव पनि छैन । समाजवादको २१ औं शताब्दीको नयाँ मोडेल हामीले पत्ता लगाउनुपर्नेछ ।’

प्रचण्डले कुन पार्टीले कति सिट ल्याउने त्यो महत्वपूर्ण विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मूख्य कुरा संविधान कार्यान्वयन हो । समृद्धिको नयाँ मोडेल हामीले दिन सक्नुपर्छ । अबको दशक एक ठाउँमा केन्द्रित भएर विकासको नयाँ मोडेल दिएर संसारबाट बिदा हुने सपना हामीले बनाएका छौं ।’

अध्यक्ष प्रचण्डले आफूले नेकपा एमालेसँग एकता गरेर नयाँ प्रयोग गरे पनि सफल नभएको बताउनुभयो ।

Back to top button