थप ७४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभरमा ४ हजार १ सय २६ नमूना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार २ सय ३४ र एन्टिजेनबाट २ हजार ८ सय ९२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २९ र एन्टिजेनबाट ४५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

थप १ सय १६ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार २ सय ८३ पुगेको छ।

Back to top button