कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म चुनाव जित्ने सपना नदेख्नुहोसः गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कांग्रेसको आन्तरिक आयाम नमिलेसम्म गठबन्धनका अरु दलले चुनाव जित्न गाह्रो हुने बताउनुभएको छ ।

पार्टी संस्थापन इतर पक्षको भेलामा बोल्दै उहाँले भन्नुभयो ‘कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्‍याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन।’

उहाँले सभापति शेरबहादुर देउवालाई मात्रै नभई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई इङ्गित गर्दै भन्नुभयो,‘ बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौं बैठक गर्दैमा मागेजति सिट पाइँदैन र पाएजति सिट जितिँदैन।’

उहाँले भन्नुभयो, सिटको समान बाँडफाँड नगरि आफु पक्षका नेतालाई मात्रै सिट दिएर र जितेर देखाउन चुनौति दिँदै उहाँले भन्नुभयो,‘पार्टी भित्र ६०/४० को अंकगणित स्थापित गर्ने प्रणेता, प्रयोगकर्ता तपाइँ हो, तपाइँकै पदचाप पछ्याइरहेका छौं, टिकट वितरण समान होस्।’

समानुपातिकमा चिन्दै नचिनेका मान्छे राखिएको भन्दै आक्रोश पोख्नुभएका घिमिरेले प्रदेश १ बाट समानुपातिकको सूचिमा परेका ८० प्रतिशत आफुले नचिन्ने बताउनुभयो ।

Back to top button