साबा महिला बास्केटबल: आज नेपालले घरेलु टिम माल्दिभ्ससँग खेल्ने

काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा आज नेपालले पहिलो खेल घरेलु टिम माल्दिभ्ससँग खेल्ने भएको छ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुनेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टिम प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजनामा हुनेछ ।

४ टिम सम्मिलित च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंका र तेस्रो तथा अन्तिम खेल भुटानसँग खेल्ने छ । प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगिसकेको छ ।

नेपाली टोलीमा सदिना श्रेष्ठ(कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का हुनुहुन्छ ।

Back to top button