जनताको अवस्था बदल्ने गरि अघि बढ्छौंः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको उद्देश्य जनताको अवस्था बदल्ने रहेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने बताउनुभयो ।

विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने भन्दै उहाँले चितवन र चितवनमार्फत् सिंगै देशमा विकासको गति दिइने बताउनुभयो ।

उहाँले उत्पीडित वर्ग जाति र समुदायलाई समृद्धिको नयाँ उचाइमा लैजाने सोच रहेको समेत बताउनुभयो ।

Back to top button