धनकुटामा माओवादी केन्द्रका नेताहरुको सामूहिक राजिनामा

धनकुटा। नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आज विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

यसअघि धनकुटाका नेता माओवादीका पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीले प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

आफुले १० दिनअघि नै अध्यक्षलाई राजीनामा दिएको जानकारी दिँदै भण्डारीले जिल्लाका साथीहरुसँग छलफलबाट मात्रै सार्वजनिक गर्ने निर्णय गरेको बताउनुभयो ।

जिल्ला नेताहरुले भण्डारीलाई प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेका छन् । धनकुटामा नेपाली कांग्रेसका नेता सुनिल थापाको समेत दाबी रहेकाले सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोट पेचिलो बनेको छ ।

Back to top button