उम्मेदवारले पेश गरेको खर्च विवरण सार्वजनिक गर्न सूचना आयोगको सुझाव

काठमाडौं । राष्ट्रिय सूचना आयोगले निवार्चन सम्पन्न भएपछि उम्मेदवारले पेश गरेको खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
२०७९ बैशाखदेखि हालसम्म भएका कामकारवाहीका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि उम्मेदवारले पेश गर्ने मनोनयन पत्र तथा संलग्न कागजातहरु सर्वसाधारण मतदाताहरुले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउन सुझाव दिएको हो ।
आयोगको सूचना आयुक्त कमला ओली थापाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको बताउनुभयो ।
त्यस्तै माग गरिएको सूचना उपलब्ध नगराउने रौतहटको राजपुर नगरपालीका र त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई जरिवाना गरिएको सूचना आयुक्त थापाले जानकारी दिनुभयो ।
आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउनका लागि सूचनादाताको संरक्षण सम्बन्धी नियमावलीको मस्यौदालाई सुझावसहित सञ्चार मन्त्रालयमा स्वीकृतीका लागि पठाएको समेत उहाँले बताउनुभयो ।
सूचना आयोगले स्थानीय तहको खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने, बजेट अनुसार भएका कामको नियमति रुपमा सार्वजनिक गर्ने, सूचनाको हकसम्बन्धी कानुन तथा आयोगका आदेश पालना गर्न लगाउन आदेश दिइएको जनाएको छ।

Back to top button