प्रधानन्यायाधिश जबरामाथि लगाइएको महाअभियोग निष्कृय भइसक्योः डा. कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै प्रधान्यायाधिश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग निष्क्रिय भएको बताउनुभएको छ ।

मोरङको विराटनगर स्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको आरोप लगाउनुभयो ।

महाअभियोग लगाउने संसदको नै अवधि सकिएको भन्दै उहाँले जो सांसदले महाअभियोग लगाए उनीहरू नभएपछि महाअभियोग स्वतः निष्क्रिय भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो,‘औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत हो । सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।’

Back to top button