एमालेका सल्लाहकार यादवद्धारा पार्टी परित्यागको घोषणा

जनकपुर । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उहाँले पार्टी परित्याग गरेको बताउनुभएको हो ।

उहाँ २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । एमालेले धनुषा क्षेत्र नं.२ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट हुनुहुन्छ ।

उहाँ जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारीमा रहेको उहाँ निकट स्रोतले बताएको छ । स्रोतका अनुसार जसपाले धनुषा क्षेत्र नं. २ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।

Back to top button