थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २ हजार ६ सय २४ नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ सय २५ र एन्टिजेनबाट १ हजार ७ सय ९९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ८४ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १ सय ७८ पुगेको छ।

Back to top button