शेखर समूहको गतिविधिलाई नजिकबाट हेरिरहेका छौं : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताउनुभएको छ ।

आज पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबी गर्नुभयो ।

कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको भन्दै उहाँले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’

शेखर समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उहाँले यो उपयुक्त नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यो पार्टी अनुशासनको कुरा होइन ।’

Back to top button